Online Bichar
बुधबार, कार्तिक ०५, २०८३ | Wednesday, October 21, 2026

काठ्माडौं, २८ फागुन २०८२ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका एक उपाध्यक्षसहित दुई जनालाई साधारण सदस्य मात्र रहने गरी जिम्मेवारीबाट हटाएको छ ।

आज बिहीबार अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष दिल विकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्यलाई जिम्मेवारीबाट हटाएका हुन् ।

उनीहरू दुवैलाई लिङ्देनले नै मनोनित गरेका थिए ।

तर पार्टी हितविपरीत कार्य गरेको आरोपमा कारबाही गरिएको बताइएको छ । लिङ्देनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राप्रपाका उपाध्यक्ष दिल विकास राजभण्डारी र सुरेश आचार्यलाई साधारण सदस्य मात्र रहने गरी सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको छु ।’

 

तपाईको प्रतिक्रिया