काठमाडौं, २० फागुन २०८२ । केन्द्रीय सुरक्षा समितिको बैठक बसिरहेको छ । बैठकमा केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुख, गृहमन्त्रालयका उच्च अधिकारी सहभागी छन् ।
बैठक विद्यमान अवस्था, निर्वाचन तयारी, शान्ति सुरक्षालगायत विषयमा छलफल केन्द्रित छ ।
यसैबीच, आजै राष्ट्रिय सुरक्षा परिषद्को बैठक पनि बस्दै छ । प्रधानमन्त्री सुशीला कार्कीले दिउँसो ३ बजेका लागि सुरक्षा परिषद्को बैठक बोलाएकी हुन् ।
बैठकमा निर्वाचन सुरक्षालगायत विययमा छलफल हुनेछ ।






