Online Bichar
बिहिबार, कार्तिक ०६, २०८३ | Thursday, October 22, 2026

विराटनगर, १७ फागुन २०८२ । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट मोरङ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्य उमेदवार बसन्त बुढाथोकीले नेकपा (एमाले) लाई समर्थन गरेका छन् ।

बुढाथोकीले मोरङको बुढीगंगा गाउँपालिकामा आयोजित पत्रकार सम्मेलनमा आफूले ढकाललाई सशक्त उमेदवार मानेको बताए । पार्टीभन्दा माथि उठेर ढकाललाई जिताउन लागेको उनले बताए ।

बुढाथोकीले मोरङ–६ को समग्र हित, स्थिरता र प्रभावकारी प्रतिनिधित्व सुनिश्चित गर्न ढकाललाई समर्थन गरेको बताएका हुन् । सबै एक भएर मोरङ–६ को समृद्धि अगाडि बढाउन ढकाल उपयुक्त उमेदवार भएको उनको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया