Online Bichar
बुधबार, फाल्गुण १३, २०८२ | Wednesday, February 25, 2026

सुनसरी, १२ फागुन २०८२ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले उद्योग खोल्नकै लागि दस जना नेतालाई ढोग्ने परम्परा अन्त्य गर्ने बताएका छन्। इटहरीमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता शाहले पूर्वी क्षेत्रको विकास गर्न रास्वपा तयार रहेको बताए।

उनले पूर्वी तराईमा चियासँगै धानको उत्पादन पनि मनग्य हुने क्षेत्र रहेको बताए। तर, विड्म्बना बोर्डर पारिको खान परिरहेको उनले गुनासो गरे। ‘पूर्वी तराईका तीन चार जिल्लामा धान र चामल उत्पादन गर्ने हो भने देशभरि खान पुग्छ। तर, विड्म्बना त्यो हुन सकेको छैन। त्यो पार्टी बन्न चाहन्छ रास्वपा,’ उनले भने।

उनले पूर्वमा कमाउन सबै चिज रहेको बताए। पूर्वी क्षेत्रबाट ऊर्जा र उत्पादन गरेर पैसा कमाउन सकिने उनको भनाइ छ। ‘समस्या धेरै छन् समाधान पनि यहीँ छन्। त्यो समस्या समाधान गर्न चाहन्छ रास्वपा,’ उनले भने।

बालेनले बाराह क्षेत्र तीर्थ क्षेत्र रहेको बताउँदै त्यसको विकास र धरानलगायत क्षेत्रमा पिउने पानीको समस्या समाधान गर्ने पनि बताए। उनले पूर्वी क्षेत्रमा खेलाडी पनि उत्पादन भएकाले त्यस क्षेत्रमा पनि लगानी गर्ने बताए।

तपाईको प्रतिक्रिया