काठ्माडौं, ७ फागुन २०८२ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ को निर्वाचनपछि आफ्नो सरकार बने व्यक्तिगत आयकरमा व्यापक सुधार गर्ने घोषणा गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित पार्टीको घोषणापत्र ुप्रतिज्ञापत्रुको सवाल-जवाफ कार्यक्रममा थापाले वार्षिक १० लाखसम्मको आम्दानीमा कर नलगाउने प्रतिज्ञा गरे । अहिले ३० प्रतिशतसम्म रहेको व्यक्तिगत आयकरलाई अधिकतम २५ प्रतिशतमा झार्ने उनको भनाइ छ ।
करका सबै प्रकारका दरहरूलाई सरलीकृत गर्ने पार्टीको योजना रहेको थापाको भनाइ छ ।
‘नेपाललाई विदेशी लगानीको आकर्षणको केन्द्र बनाउने, भाषणले मात्र लगानी आउदैन । यसको लागि हामीले नीतिमै सुधार गर्न आवश्यक छ,’ थापाले भने, ‘हामी १० लाखसम्मको व्यक्तिगत आम्दानीमा कर नलगाउने प्रतिज्ञा गर्छौं ।’ न्युज एजेन्सी नेपाल






