झापा, ५ फागुन २०८२। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बीचको प्रतिस्पर्धाले चर्चामा रहेको झापा–५ मा चुनावी सभामार्फत श्रम संस्कृति पार्टीले पहिलोपटक शक्ति प्रदर्शन गरेको छ ।
उक्त पार्टीका अध्यक्ष हर्क साम्पाङको उपस्थितिमा श्रम संस्कृति पार्टीले मंगलबार दमकको पशुहाटमा चुनावी सभा गरेको हो । सभामा साम्पाङसहित पार्टीका केन्द्रीय नेताहरूका साथै झापाका सबै क्षेत्रका उमेदवारहरू सामेल छन् ।
पूर्वका धरानसहित दमक, बिर्तामोड, उर्लाबारी लगायतमा श्रम शिविरहरू चलाएर पछिल्लो समय चर्चा कमाएको श्रम संस्कृति पार्टीले झापाका पाँचवटै निर्वाचन क्षेत्रमा उमेदवारी दिएको छ । झापा–५ मा श्रम संस्कृति पार्टीबाट समीर तामाङ प्रतिस्पर्धामा छन् ।






