Online Bichar
शनिबार, कार्तिक ०८, २०८३ | Saturday, October 24, 2026

काठमाडौं, २६ माघ २०८२ । राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित भएको छ । सोमबार बसेको सभाको बैठकबाट उक्त विधेयक सर्वसम्मत पारित भएको हो ।

बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

यसअघि विधेयक विधायन व्यवस्थापन समितिमा छलफल भएको थियो । त्यसपछि सभामा लगिएको थियो । यो विधेयक तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ५ वैशाख २०८२ मा दर्ता गराएका थिए । न्युज एजेन्सी नेपाल

तपाईको प्रतिक्रिया