Online Bichar
आइतबार, कार्तिक ०९, २०८३ | Sunday, October 25, 2026

काठ्माण्डौं, १९ माघ २०८२ । निर्वाचन आयोगले ७६ जनाको नाम समानुपातिक बन्दसूचीबाट हटाएको छ । आयोगका अनुसार, चारजना उमेर नपुगेका, एकजना मतदाता नामावलीमा नाम नभएका छन् । २१ कालोसूचीमा, १२ जरिवाना नतिरेका, एकजना महिला पेस गर्नुपर्नेमा पुरुष गरेकोमा हटाइएको छ ।

दोहोरो उमेदवार, जो प्रदेशतर्फको समानुपातिक बन्दसूचीमा रहेका २६ जनाको नाम हटाइएको समानुपातिक निर्वाचन प्रणालीतर्फका सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

‘०७९ को निर्वाचनमा उमेदवार भई खर्च विवरण सार्वजनिक नगरेपछि आयोगले जरिवाना लगाएको थियो, त्यो जरिवाना नबुझाई अहिले उमेदवार बनेकालाई समानुपातिक बन्दसूचीबाट हटाइएको हो,’ भट्टराईले भने ।

आयोगले गत माघ ४ मा आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उमेदवारहरूको सूची सार्वजनिक गरेको थियो ।

समानुपातिकतर्फ दलहरूले बढीमा ११० जनासम्म उमेदवारको सूची आयोगमा बुझाएका थिए । समानुपातिकतर्फ ११० जना उमेदवार विजयी हुने व्यवस्था छ ।

समानुपातिक बन्दसूचीमा कुल ३२ सय १३ उमेदवारको नाम आयोगले सार्वजनिक गरेको थियो ।

समानुपातिक निर्वाचन प्रणालीका लागि आवश्यक पर्ने दुई करोड आठ लाख ५४ हजार ८०० मतपत्र छपाइ समेत सम्पन्न भइसकेको छ ।बाह्रखरीबाट

तपाईको प्रतिक्रिया