काठ्माण्डौं, १९ माघ २०८२ । राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापातिर लागेका छन् ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशबाट फर्किएका बालेन पुनः आफ्नै निर्वाचन क्षेत्र झापा–५ तर्फ लागेका हुन् ।
बालेन टिमका एक सदस्यका अनुसार, बालेन केहीबेरअघि मात्रै स्थलमार्गमार्फत झापाका लागि हिँडिसकेका छन् ।
“सुदूरपश्चिम र कर्णाली भ्रमण सकाएर फेरि झापाका लागि हिँडिसक्नुभएको छ,” ती सदस्यले भने ।
बालेनसँगै अछाम पुगेका चलचित्र पत्रकार दिनेश सिटौला बिरामी परेपछि बालेन कर्णालीका केही जिल्लाको भ्रमण सकाएर माघ १७ गते शनिबार काठमाडौं फर्किएका थिए ।






