Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारतको जम्मु–कास्मिरमा भएको आतंकवादी हमलाको भत्र्सना गर्दै दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार साँझ भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन सम्पर्क गर्दै घटनाप्रति दुःख एवं मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले एक ट्वीट गर्दै भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन सम्पर्क गरेर कास्मिर घटनाको भत्र्सना एवं दिवंगतप्रति श्रद्धाञ्जली व्यक्त गरेको जनाएका छन् ।

कास्मिरको पुलवालामा बिहीबार दिउँसो जैस–ए–मोहम्मद नामक आतंकवादी समूहले विस्फोटक पदार्थले भरिएको गाडी भारतीय सेन्ट्रल रिजर्भ पुलिस फोर्स चढेको गाडीमा लगेर ठोक्काएका थिए । जसमा ४० भन्दा बढी सुरक्षाकर्मी सवार थिए ।

सुरक्षाकर्मी चढेको बस जम्मुकास्मिरबाट श्रीनगरतर्फ गइरहेको थियो । भारतीय सञ्चार माध्यमहरुले जनाएअनुसार, विस्फोटमा परी हालसम्म ४० सुरक्षाकर्मीको ज्यान गएको छ ।

तपाईको प्रतिक्रिया