Online Bichar
सोमबार, चैत्र ३०, २०८२ | Monday, April 13, 2026

काठ्माडौं, १४ पुस २०८२ । उज्यालो नेपाल पार्टीका नेताहरू निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउन पुगेका छन् ।

फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज आयोगमा बन्द सूची बुझाउने अन्तिम दिन हो । अहिले सो पार्टीका केही नेताहरू आयोगमा पुगेका छन् ।

उता, पार्टीका संरक्षक कुलमान घिसिङ भने रास्वपा सभापति रवि लामिछानेसँग छलफलमा जुटेका छन् ।

पटक-पटक भएका विभिन्न वार्ताहरू विफल भएपछि अहिले अन्तिम समयमा पुनस् संवाद भएको हो ।

पार्टी केन्द्रीय समिति बैठकबाट निस्किएर रास्वपा सभापति रवि लामिछानेले घिसिङसँग भेटवार्ता गरिरहेका हुन् ।

‘सहमति भयो भने त भयो । तर भएन भने समय गुज्रिन्छ भनेर हामीले आयोगमा पनि ११० जनाको नाम पेश गर्न लागेका हौं,’ एक केन्द्रीय सदस्यले भने ।

 

तपाईको प्रतिक्रिया