Online Bichar
बिहिबार, बैशाख १७, २०८३ | Thursday, April 30, 2026

काठमाडौं, १४ पुस २०८२ । साताको दोस्रो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। साताको पहिलो सेयर कारोबार दिन आइतबार ४७.५५ अंकले बढेको नेप्से परिसूचक आज १०.८९ अंकले घटेर २६२२.५३ विन्दुमा अडिएको हो।

नेप्से घटेसँगै कारोबार रकम आइतबारको तुलनामा घटेको छ। यसदिन ३३७ स्क्रिप्सको १ करोड ३७ हजार ३०७ कित्ता सेयर ४ अर्ब ७७ करोड ४७ लाख ८६ हजार ३४ रुपैयाँमा खरिदबिक्री भए। आइतबार ५ अर्ब बढीको सेयर कारोबार भएको थियो।

कारोबारमा आएकामध्ये ८५ वटा स्टक्सको मूल्य बढ्दा १६५ वटाको घट्यो। बाँकी ९ स्टक्सको मूल्य भने स्थिर रह्यो। यसदिन एसवाइ प्यानल नेपालको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने यसदिन सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा एसवाइ प्यानल शीर्षस्थातमा रह्यो। सो कम्पनीको २३ करोड मूल्य बराबरको सेयर कारोबार भयो। मञ्जुश्री फाइनान्सले १७ करोडको सेयर कारोबार गर्दा शिवम् सिमेन्टले १३ करोड,नगदी ग्रुप पावरले १२ करोड र हिमालयन रिइन्स्योरेन्सले १० करोड मूल्य बराबरको सेयर कारोबार गरे।

दुई समूहबाहेक अरु समूहको उपसूचक नकारात्मक देखिएका छन्। डेभलपमेन्ट बैंक र म्युचुअल फण्डबाहेक अन्य ११ वटा समूहको उपसूचक नकारात्मक देखिए।

 

तपाईको प्रतिक्रिया