Online Bichar
बिहिबार, भाद्र ०४, २०८३ | Thursday, August 20, 2026

झापा, १३ पुस २०८२ । झापामा लामो समयदेखि साइकल,मोवाइल,मोटरसाइकल,फलामको पाइप,मोटरलगायतका सामानहरु चोरी गर्ने दुईजनालाई एक गोदाम चोरीको सामानसहित प्रहरीले अर्जुनधाराबाट पक्राउ गरेको छ ।

अर्जुनधारा वडा नं.६बिहानी टोल बस्ने मोहमद उसिम मुदिलको घरमा डेरा लिएर बस्ने दुईजना भारतीयलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारत विहार राज्य किसनगंज स्थायी ठेगाना भई हाल अर्जुनधारा वडा नं। ६बस्ने बर्ष ३५की खतिजा वेगम र सोही ठाउँ बस्ने बर्ष २३ का मोहमद रज्जाक रहेका छन् ।

विभिन्न सामानहरु चोरी गरी लुकाईछिपाई राखेको भन्ने जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोली खटिएर चोरीका सामान बरामद गरेको थियो । प्रहरीले उनीहरूको कोठाबाट ९ थान साइकल, २३ थान मोटर , फलामको पाईपको ४७ वटा टुक्राहरु, प्रदेश नं। १–०१–०१५प९३४४नम्बरको मोटरसाइकल , मोटरसाइकलको सवारी दर्ता किताव एक थान,स्पोकसहितको टायर रिङ–६ थान, रिङ मात्र थान–१, फलामको रड थान–१८,गाडी धुने पम्प एक थान, मोटरको फलामको रोटर थान– ६, ग्यास इन्डेक्सन चुलो एक थान र मोटरसाइकलको मोटरगार्ड, सकप र टि सहितको एक थानलगायतका सामान बरामद भएको जनाएको छ ।

बरामद गरिएका सामानहरु
१.फाइटर लेखिएको साइकल थान– १
२. टाइसन गियरबाला साइकल थान–१
३. जेट मास्टर साइकल थान–१
४. टाइटन साइकल थान–१
५. टोपाज साइकल थान–१
६. लीड्स साइकल थान–१
७. भेलोसिटी साइकल थान–१
८. हाइटा साइकल थान –१
९. हिरो साइकल थान–१
१०. बरामद फलामको पाइपको टुक्राहरु थान– ४७ वटा
–स्पोकसहितको टायर रिङथान– ६ र रिङमात्र थान– १गरि जम्मा– ७वटा
–फलामको रड थान– १८
–कोस्लोस्कर मोटर थान –७
– भुन्डु लेखिएको मोटर थान– १
– सूर्य लेखिएको मोटर थान– १
– सीजी कम्सियल मोटर थान–१९कुटी काट्ने ०
– क्यापसाइटर स्टार्ट मोटर थान– १
– वीलो मोटर थान–१
– सीजी मोटर थान–१
– शिखर मोटर थान– ४
– एसकेएफ मोटर थान– १
–किलोस्कर मोटर थान– १ ९२को ०
– गोल्ड बजाज मोटर थान–१
– कोइल मोटर थान –१
– एलएलवाइएनए मोटरथान –१
– किसान ठूलो मोटर थान– १
–गाडी धुने पम्प थान– १
–मोटरको फलामको रोटर थान– ६
–ग्यास इन्डेक्सन चुलो थान –१
–मोटरसाइकलको मोटरगार्ड,सकप र टिसहितको थान–१
–रातो रङको वेल्डिङ मेसिनको कभर थान–१
–रेडिवाटरको भित्रको जाली थान– २
–पेन्चिसरपिलास थान–२
–एलङकि पिलास थान–३
–हेम्वर थान–१
–कालो साउण्ड वक्स थान– ४
– सामसुङ कम्पनीको ट्याव थान –१
–नक्कली जस्तो देखिने भारतीय नोट १०० दरको थान –९५
– सामसुङ मोवाइल थान–१
– रियलमी मोवाइल थान–१
– होनोर मोवाइल थान–१
–मोटरसाइकलको सवारी दर्ता किताव थान– १
–प्रदेश नं। १–०१–०१५प९३४४नम्बरको मोटरसाइकल थान–१
–मोहमद रज्जाकको साथबाट रेडमी मोवाइल थान–१र खतिना वेगमको साथवाट हुवाएल मोवाइल थान–१

 

 

तपाईको प्रतिक्रिया