Online Bichar
बुधबार, भाद्र १०, २०८३ | Wednesday, August 26, 2026

काठमाडौं, १ पुस २०८२ । प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध जेनजी अगुवा मिराज ढुंगाना समूहले प्रदर्शन गरेको छ । सो समूहले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारअगाडि प्रदर्शन गरेको हो ।

त्यसक्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिए । पक्राउ पर्नेमा अमृत कुमार बोहरा र प्रकाश शर्मा छन् ।

उनीहरू दुवैजनालाई प्रहरी वृत्त मालिगाउँ लगिँदै गरेको एसपी भट्टराईले जानकारी दिए । ‘भर्खर त्यहाँ लैजादै छौँ । को हुन् सोधपुछ गर्छौं,’ एसपी भट्टराईले भने ।

तपाईको प्रतिक्रिया