Online Bichar
मंगलबार, पौष ०१, २०८२ | Tuesday, December 16, 2025

काठ्माडौं, ३० कार्तिक २०८२ । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं संरक्षक रहेका भनिएको ‘नागरिक बचाउ दल, नेपाल’ दर्ताका निम्ति निर्वाचन आयोगमा निवेदन दिइएको छ । यही कात्तिक २३ गते नै निवेदन दिइएको थियो । आइतबार उक्त पार्टीका पदाधिकारी आयोगमा उपस्थित भएर सनाखत गरेका छन् ।

‘नागरिक बचाउ दल, नेपाल’को सभापतिमा झापाका माधवप्रसाद खतिवडा छन् । उपसभापतिमा काठमाडौंका ईश्वरीप्रसाद भट्टराई र झापाका देवीप्रसाद संग्रौला छन् ।

यस्तै, महामन्त्रीमा झापाकै प्रेमकुमार थाम्सुहाङ छन् । सहमहामन्त्रीमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का विष्णु क्षेत्री छन् ।

कोषाध्यक्षमा मोरङकी सुष्मा रेग्मी रिजाल छिन् । प्रवक्तामा पाल्पाका प्रेम थापामगर छन् ।

सदस्यहरूमा भक्तपुरका रामकुमार कार्की, काभ्रेपलाञ्चोकका प्रविन लामा, ललितपुरका शक्तिराज शाही, काठमाडौंका दिवाकरमान सिंह बस्नेत, मोरङकी लुजा राई, झापाकी रेनुकादेवी खरेल, दोलखाकी तुलसाकुमारी खत्री, पर्साका राजेन्द्रबहादुर दमाईं, काठमाडौंका विजय थापा छन् ।

यसैगरी, सदस्यमा गुल्मीका तेजिन्द्र रायमाझी, धनुषाका हरदेव महतो, रामेछापका बलबहादुर तामाङ, भक्तपुरका नवराज दुलाल, तनहुँकी दानुमाया थापा, दाङकी रेणु हमाल शाही, धनुषाका दिनेश पाख्रिन, ललितपुरका राजु श्रेष्ठ र उदयपुरका पुष्पराज भण्डारी छन् ।

दल दर्ताका निम्ति दिइएको निवेदनमा प्रसाईंको नाम उल्लेख छैन । तर, पार्टीमा प्रसाईंको भूमिका रहने खतिवडाले बताए ।

“दुर्गा प्रसाईं हाम्रो रोल मोडल हो । उहाँ (दुर्गा प्रसाईं) को समन्वयमा नै पार्टी दर्ताको निवेदन दिइएको हो । पार्टीमा उहाँको भूमिका रहन्छ,” उनले बाह्रखरीसित भने । आयोगले ‘नागरिक बचाउ दल, नेपाल’ दर्ताको प्रमाणपत्र दिन बाँकी छ ।

 

 

तपाईको प्रतिक्रिया