Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024
Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार
सुमन खतिवडा

इटहरी-अस्पतालहरुमा बोतलमा झुन्डाएर सुइबाट दिने सलाइन पानी हामी सबैले देखेका छौ । भर्ना भएका विरामीहरु प्रायलाई सलाइन पानी दिइराखिएको हुन्छ । तर वास्तवमै सलाइन पानी के हो र यसमा के हुन्छ भन्ने जानकारी चै हामी मध्य कमैलाइ मात्र हुन्छ ।

के हो सलाइन पानी ? सलाइन पानी बाहिरबाट हेर्दा प्राय उस्तै देखिए पनि विभिन्न किसिमको हुन्छ। मुख्यत धेरै प्रयोग हुनेमा “नर्मल सलाइन“ र “रिङ्गर ल्याक्टेट“ पर्दछन । “नर्मल सलाइन“ भनेको सजिलो भाषामा भन्नुपर्दा नुन र पानी हो। यसमा ०.९५ सोडियम क्लोराइड रहेको हुन्छ । “रिङ्गर ल्याक्टेट“ मा त्यसबाहेक थप ल्याक्टेट र पोटासियम पनि रहेको हुन्छ ।

सलाइन पानी कहिले प्रयोग गरिन्छ ? सामान्यतया मुखबाट पानी र अन्य आवश्यक खनिज तत्व खान नसक्ने विरामीलाई सलाइन पानी दीन आवश्यक हुन्छ । शरीरबाट पानी खेर जाने स्थितीहरु जस्तै झाडापखाला, अत्याधिक रक्तस्राव आदि अवस्थामा खेर गएको पानी पुर्ती गर्न सलाइन पानी दिइन्छ । अपरेसन गर्न अस्पताल भर्ना भएका, पेट खाली राख्नुपर्ने विरामी, साथसाथै शल्यक्रियामा रगत खेर जाने सम्भावना भएका विरामीहरुलाई पनि सलाइन पानी दिइन्छ । यसले शरीरमा रक्तसञ्चार जारी राखी महत्वपूर्ण अङ्गहरुलाई हानी हुनबाट जोगिन मद्दत पुर्याउँछ ।

इमर्जेन्सी वा भर्ना भएका विरामीहरुलाई किन सलाइन पानी दिइन्छ ? इमर्जेन्सीमा आएका विरामीहरुलाई सकेसम्म चाढो रक्तनली खोलेर सलाइन पानी दिइने गरिन्छ । सिकिस्त विरामीहरुको नशा पछि खोल्न गाह्रो हुनसक्ने र औषधीले चाँढै काम गर्नको निम्ति नशाबाट दिनुपर्ने हुनाले सलाइन पनि सँगसँगै दिने गरिन्छ । साथै अस्पताल भर्ना भएका विरामीहरुलाई लगातार नशाबाट औषधी दिनु पर्ने भएकाले पनि सलाइन पानी चलाइ राखिन्छ ।  आम मानिसहरुमा सलाइन पानी बारेमा केही भ्रमहरु रहेको पाइन्छ जुन नितान्त गलत हुन् ।

सलाइन पानी प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु  १. डाक्टरको पुर्जा फार्मेसीबाट किनेको सलाइन पानी एकै हो कि हैन जाच गर्नुपर्छ । २. सलाइन पानीको एक्स्पाइरी मिति र भित्र कुनै त्यस्तो संकास्पद केही बाहिरी बस्तु छ छैन जाच गर्नुपर्छ । ३. सलाइन पानी चढाउदै गर्दा सकिन लाग्दा नर्स, डाक्टरलाई खबर गर्नुपर्छ ।

सुमन खतिवडा ( एपेक्स हस्पिटल सुनसरी )

 

तपाईको प्रतिक्रिया