Online Bichar
मंगलबार, जेठ १२, २०८३ | Tuesday, May 26, 2026

गौरादह, २ असोज २०८२ । झापाको गौरादहमा ‘द लिफ युनिसेक्स सैलुन, क्याफे एण्ड एकेडेमी’ संचालनमा आएको छ । गौरादह नगरपालिका-२ डिपु लाइनमा महिला र पुरुष दुवैका लागि सेवा प्रदान गर्ने उद्देश्यले ‘द लिफ युनिसेक्स सैलुन, क्याफे एण्ड एकेडेमी’ बिहिबार (आज) बाट सञ्चालनमा आएको हो ।

सो अवसरमा गौरादह उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष दिलबहादुर खत्रीले रिबन काटेर सैलुनको औपचारिक उद्घाटन गरेका थिए ।

संचालक मध्येका सुवास राजवंशीका अनुसार सैलुनमा करिब ५० लाख रुपैयाँको लगानी गरिएको छ । सैलुनमा कपाल काट्ने, रंगरोगन, हेयर–केयर, फेसियल, मेकअप (साधारणदेखि बेहुला–बेहुलीसम्म), छाला तथा नङ स्याहार लगायतका सेवा उपलब्ध रहेका छन् ।

सैलुनसँगै सुरु गरिएको एकेडेमीमार्फत ब्यूटिसियन तालिम र नेल-पेन्टिङ तालिम समेत प्रदान गरिने राजवंशीले जानकारी दिए । उनका अनुसार महिला र पुरुष दुवैका लागि आधुनिक सौन्दर्य सेवासँगै क्याफे सुविधासमेत उपलब्ध हुने व्यवस्था गरिएको छ ।

 

तपाईको प्रतिक्रिया