Online Bichar
मंगलबार, जेठ १२, २०८३ | Tuesday, May 26, 2026

झापा, १२ जेठ २०८३ । झापाको बुद्धशान्ति गाउँपालिका–४ अमरबस्तीमा एक वृद्धको अचानक लडी मृत्यु भएको छ ।

सोमबार राति करिब ९ बजे स्थानीय ६७ वर्षीय खेमबहादुर राना मगर आफ्नै घरमा मुढामाथि बसिरहेको अवस्थामा अचानक लडी बेहोस भएका थिए । परिवारका सदस्य तथा स्थानीयले तत्काल उपचारका लागि भागिरथा न्यौपाने बुद्धशान्ति अस्पताल पुर्‍याएका थिए ।

अस्पताल पुर्‍याउनासाथ चिकित्सकले राति ९ः५६ बजे उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

घटनापछि इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया