झापा, १२ जेठ २०८३ । गएराति चलेको हावाहुरीका कारण झापाको मेचीनगर नगरपालिका–८ इटाभट्टास्थित सूर्योदय कम्पनीको पार्किङ स्थलमा क्षति पुगेको छ ।
हावाहुरीले पार्किङ स्थलको भवनको जस्तापाता उडाउँदा सोही स्थानमा पार्किङ गरी राखिएका मे १ ख २५२६ र मे १ क २७९३ नम्बरका दुईवटा बसमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
उडेको जस्तापाता बसमाथि खस्दा दुवै बसको अगाडिको सिसा फुटेको बताइएको छ । घटनाबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।







