Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

इटहरी- थाइराइड समस्या मुख्य रुपमा दुई प्रकारका हुन्छन् । एउटा हाइपोथाइराडिज्म जसमा व्यक्तिको तौल अचानक बढ्न थाल्छ । अर्को हाइपरथाइराडिज्म, यसमा तौल तिब्र रुपमा घट्न थाल्छ ।

थाइराइड समस्या विभिन्न कारणसहित हुन्छ । खानपिन र जीवनशैलीका साथै वंशानुगत कारणले पनि व्यक्तिलाई थाइराइडको समस्या हुने गर्दछन् । यसका साथै हाम्रा विभिन्न गल्तीले थाइराइडको समस्या निम्त्याउने गर्दछ ।

  • धेरै तनावले शरिरमा कार्टिसोल नामक हर्मोनको स्तर बढाउँछ । यसले थाइराइडको समस्या बढाउँछ ।
  • सुगर नियन्त्रण नगर्दा शरिरमा इन्सुलिन प्रतिरोध गर्ने क्षमतामा ह्रास आउँछ । यसले थाइराइड ग्रन्थीलाई हानी पुर्याउने गर्दछ ।
  • केही औषधीले थाइराइड ग्रन्थीलाई नोक्सान पुर्याउने गर्दछ । डाक्टरलाई नसोधी औषधी सेवन गर्दा पनि थाइराइडको -समस्या हुनसक्छ ।
  • Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारधेरै नुन र सी फूड खाँदा शरिरमा आयोडिनको मात्रा बढ्न सक्छ जसले हाइपोथाइरायडिज्म हुनसक्छ ।
  • क्याल्सियम, आइरन, प्रोटिन र सोया सप्लिमेन्ट धेरै मात्रामा खाँदा शरिरमा थाइराइड हर्मोनको ब्यालेन्स बिग्रन सक्छ ।
  • हावा र पानीमा हानिकारक रसायन हुनसक्छ । प्रदुषणका कारण पनि थाइराइडको समस्या निम्तिन सक्छ ।
  • धेरै चिया कफी र कोल्ड ड्रिङ्क्स पिउँदा यसमा पाइने क्याफिनले थाइराइड समस्या निम्त्याउन सक्छ ।
  • धेरै रक्सी पिउँदा शरिरमा हानिकारक टक्सिन बढ्ने गर्दछ । यसले थाइराइड ग्रन्थीको क्रियाकलाप बिग्रन सक्छ ।
  • जंक फूड, वनस्पती घ्यू, धेरै चिल्लो खानेकुरा खाँदा शरिरमा कोलेस्ट्रोलको मात्रा बढ्ने गर्दछ । यसले थाइराइडको समस्या निम्तिने गर्दछ ।
  • रातो मासुको अत्यधिक सेवनः यसमा धेरै स्याचुरेटेड फ्याट हुन्छ । यसले शरिरको हर्मोन्सको ब्यालेन्स बिगार्नसक्छ र थाइराइडको समस्या हुनसक्छ ।
तपाईको प्रतिक्रिया