Online Bichar
आइतबार, कार्तिक ०९, २०८३ | Sunday, October 25, 2026

काठमाडौं, १६ भदौ २०८२ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई शाङ्घाई सहयोग संगठन (एससीओ) को पूर्ण सदस्य बनाउन प्रस्ताव गरेका छन्। सोमबार चीनको तियान्जिनमा आयोजित एससीओको प्लसको बैठकमा सम्बोधन गर्दै उनले नेपाल अब पूर्ण सदस्य बन्न उत्सुक रहेको बताए।

प्रधानमन्त्री ओलीले एससीओलाई अझ एकताबद्ध, एकीकृत र लचिलो बनाउनुपर्ने उल्लेख गर्दै नेपालले सन् २०१६ देखि संवाद साझेदारको हैसियतमा सहभागिता जनाउँदै आएको स्मरण गरे।

ʻहामीलाई अझ बढी एकताबद्ध, अझ बढी एकीकृत र अझ बढी लचिलो एससीओको आवश्यक छ,ʼउनले भने,ʻयसले बढ्दो भू–राजनीतिक, आर्थिक र वातावरणीय चुनौतीहरूको सामना गर्न सकियोस्।ʼ

 

तपाईको प्रतिक्रिया