Online Bichar
मंगलबार, बैशाख ०१, २०८३ | Tuesday, April 14, 2026

काठ्माडौं, ५ भदौ २०८२ । सहकारी ठगी र संगठित अपरोधको आरोपमा नक्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको समर्थनमा ३४ लाखले हस्ताक्षर गरेका छन्। पार्टी सभापति लामिछानेमाथि गरिएको राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर संकलन अभियान जारी रहेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार आजसम्म ३४ लाखले हस्ताक्षर गर्दा ६५ लाख सहयोग संकलन भएको छ। हस्ताक्षर संकलन अभियान पश्चिमदेखि पूर्वी नेपालको देश यात्रामा निस्किएको उनले बताए।

प्रवक्ता झाले भने, ‘हिजोदेखि सुदूरपश्चिमको कञ्चनपुरबाट पनि अभियानको सुरु भएको छ। यसको नेतृत्व सचिवालय सदस्य दीपक बोहरा गर्नुभएको छ।’ रास्वपाले सभापति लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध राखेको भन्दै असार ७ गतेदेखि अभियानको सुरु गरेको थियो।

 

तपाईको प्रतिक्रिया