Online Bichar
बिहिबार, बैशाख १७, २०८३ | Thursday, April 30, 2026

झापा, २ भदौ २०८२ । टेवल पंखा मर्मत गर्दा करेन्ट लागेर झापाको मेचीनगरमा एकजनाको मृत्यु भएको छ । आज साँझ ५ बजे मेचीनगर-५ भेटघाट चौक बस्ने २२ वर्षीय संदिप राजवंशी आफ्नै घरको टेवल पंखा बिग्रिएर मर्मत गर्ने क्रममा अचानक करेन्ट लागेर अचेत भएका थिए । उनलाई उपचारको लागि आम्दा अस्पताल धुलावारी पठाएकोमा उपचारको क्रममा डाक्टरले साँझ ६ बजे मृत घोषणा गरेका थिए ।

इलाका प्रहरी कार्यालय धुलावारीबाट प्रहरी निरीक्षक पाण्डवलाल राजबंशीको कमाण्डमा टोली खटिएर अनसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया