Online Bichar
मंगलबार, बैशाख ०८, २०८३ | Tuesday, April 21, 2026

धरान, १ भदौ २०८२ । सप्तकोसी नदीमा बगेर बेपत्ता भएकी धरान-१६ कि १९ वर्षीय अनिता राईको शव भेटिएको छ। शुक्रबार बराहक्षेत्र मन्दिरको दर्शन गरि फर्कने क्रममा चतराको दुधपानी खोला तर्ने क्रममा अनिता बगेर सप्तकोसीमा बेपत्ता भएकी थिइन्। उनको शव सुनसरीको बराहक्षेत्र-९ स्थित राजाबासको कोसी किनारामा भेटिएको हो ।

राजाबासको कोसीको भङ्गालोमा भेटिएको शवको सनाखत गरी पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवस कुँवरले बताए।

अनिता बुवा जीवन राईसँग मोटरसाइकलमा बराहक्षेत्र मन्दिर दर्शन गर्न गएकी थिइन् । मन्दिर दर्शन गरेर फर्कने क्रममा दुधपानी खोला तर्नेक्रममा बगाएर दुवैजनालाई ५० मिटर तल रहेको सप्तकोसीमा बगाएर लगेको थियो । बुवा जिवनलाई तत्काल स्थानीयले उद्दार गरेका थिए । अनिता भने सप्तकोसीमा डुबेर बेपत्ता भएकी थिइन्।

 

तपाईको प्रतिक्रिया