Online Bichar
बिहिबार, आश्विन २२, २०८३ | Thursday, October 8, 2026

जनकपुरधाम, ३० साउन २०८२ । सर्लाहीको हरिपुरवामा गोली प्रहार गरी एक शिक्षकको हत्या भएको छ । हरिपुर्वा नगरपालिका–६ का अन्दाजी ५० वर्षीय रामपुकार यादवमाथि अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको हो ।

सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईका अनुसार राति साढे ८ बजेतिर उनीमाथि गोली प्रहार भएको थियो ।

उनलाई उपचारको लागि महोत्तरीको रामगोपालपुरस्थित जानकी एकेडेमिक हस्पिटल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको डीएसपी राईले बताए ।

अस्पताल पुग्दासम्म यादवको मृत्यु भइसकेको जानकी एकेडेमिक हस्पिटलका सञ्चालक डाक्टर सुरेन्द्र यादवले पुष्टि गरे ।

मोटरसाइकलमा आएका हतियारधारीले उनीमाथि गोली प्रहार गरेर भाग्ने क्रममा यादव दुर्घटनामा परेको बुझिएको डीएसपी राईले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

 

तपाईको प्रतिक्रिया