Online Bichar
सोमबार, साउन २५, २०८३ | Monday, August 10, 2026

काठमाडौँ, २० साउन २०८२ । नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ४१.७८ अंकले घटेर २८३३.५७ विन्दुमा अडिएको छ। ३२५ स्क्रिप्सको २ करोड २२ लाख ७ हजार १४२ कित्ता सेयर ९ अर्ब ३३ करोड ३९ लाख ८८ हजार ४८१ रुपैयाँमा खरिदबिक्री भए।

कारोबारमा आएकामध्ये ४६ स्टक्सको मूल्य बढ्दा २०४ वटाको घट्यो। समाज लघुवित्त वित्तीय संस्था र उन्नति सहकारी लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढ्दा थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीले ३९ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो। ट्रेड टावरले ३७ करोडको सेयर कारोबार गर्दा शिवम् सिमेन्टको ३३ करोड,बुटवल पावरको ३० करोड र नगदी ग्रुपको २४ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

दुई समूहको उपसूचकबाहेक अन्यको घट्यो। माइक्रोफाइनान्स र म्यु्चुअल फण्डबाहेक अन्यको उपसूचक घटेको हो।

तपाईको प्रतिक्रिया