काठमाडौं, १४ साउन २०८२ । नेपाली बजारमा सुनको मूल्य एकैदिन एक हजार ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन एक लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुन प्रतितोला एक लाख ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य १० रुपैयाँ बढेको छ । चाँदी प्रतितोला दुई हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
मंगलबार चाँदी प्रतितोला दुई हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।






