Online Bichar
बुधबार, भाद्र १०, २०८३ | Wednesday, August 26, 2026

झापा, ८ साउन २०८२ । झापामा ६२ जनाले नेपाली नागरिकता त्याग गरेका छन्। जिल्ला प्रशासन कार्यालय झापाले सार्वजनिक गरेको वार्षिक प्रगति प्रतिवेदन अनुसार एक वर्षको अवधिमा ६२ जनाले नेपाली नागरिकता त्याग गरी गैरआवासीय नागरिकता लिएका छन् ।

झापामा आर्थिक वर्ष २०८१/८२ मा वंशजको आधारमा २२ हजार ४० जनाले नागरिकता प्रमाणपत्र लिएका छन् भने वैवाहिक अंगीकृतको आधारमा ६७५ जनाले नागरिकता पाएका छन् । त्यस्तै २२ हजार ४ सय ५५ जनाले नागरिकताको प्रतिलिपि लिएको विवरणमा उल्लेख छ ।

बार्षिक प्रतिवेदन अनुसार १ लाख ७ हजार ७२ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गरिएको छ । हालसम्म ३ लाख ५५ हजार ५ जनालाई राष्ट्रिय परिचयपत्र विवरण गरिएको कार्यालयले जनाएको छ । राहदानीतर्फ एक वर्षको अवधिमा २२ हजार ४ सय ३२ वटा सिफारिस गरिएको छ ।

तपाईको प्रतिक्रिया