Online Bichar
बुधबार, माघ ०८, २०८२ | Wednesday, January 21, 2026

काठमाडौँ, ६ साउन २०८२ । मदन पुरस्कारका लागि उत्कृष्ट सात पुस्तकको सूची सार्वजनिक भएको छ । मदन पुरस्कार गुठीले मंगलबार विज्ञप्ति जारी गर्दै उत्कृष्ट सात पुस्तकको सूची सार्वजनकि गरेको हो ।

छुदेन काविमोको उरमाल, रमेश भुसालको छालबाटो स् कैलाशदेखि गंगासम्म, कुमारी लामाको दर्ज्यु संलाप, मनप्रसाद सुब्बाको पञ्चतत्वको पालाम, श्रेयज सुवेदीको बहुरुपी, सुधीर शर्माको भिक्षु, व्यापार र विद्रोह (नेपालको भोट-चीन सम्बन्ध र भारत) र तीर्ग गुरुङको हिउँको गीत उत्कृष्ट सातमा परेका हुन् ।

प्राप्त भएका २९९ पुस्तकबाट उत्कृष्ट सात छनोट गरिएको गुठीले जनाएको छ । यी सातमध्ये एक पुस्तकलाई मदन पुरस्कारका लागि छनोट गरिने गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया