Online Bichar
सोमबार, चैत्र ३०, २०८२ | Monday, April 13, 2026

काठमाडौं, ३० असार २०८२ । विजय बराल र उपासनासिंह ठकुरी क्रमशः उत्कृष्ट अभिनेता र उत्कृष्ट अभिनेत्री घोषित भएका छन् । बरालले सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’बाट उत्कृष्ट अभिनेता र ठकुरीले ‘खुस्मा’बाट सर्वोत्कृष्ट अभिनेत्रीको २०८२ सालको राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरे ।

शीतल निवासमा सोमबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले विजेताहरूलाई पुरस्कार प्रदान गरे । अवार्ड प्राप्त गरेपछि कुरा गर्दै विजय र उपासना दुवैले जितले आफूहरूलाई थप ऊर्जा प्रदान गरेको बताए ।

फिल्म ‘पुजार सार्की’बाट अभिनेता प्रदीप खड्काले प्रोत्साहन पुरस्कार प्राप्त गरे । अभिनेता समेत रहेका दीपकराज गिरीले ‘छक्कापञ्जा ५’बाट उत्कृष्ट पटकथा लेखकको अवार्ड जितेर सरप्राइज दिए ।

चलचित्र विकास बोर्डले आयोजना गरेको समारोहमा ९ विधामा राष्ट्रिय चलचित्र पुरस्कार प्रदान २०८२ प्रदान गरियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

 

तपाईको प्रतिक्रिया