Online Bichar
सोमबार, साउन २५, २०८३ | Monday, August 10, 2026

झापा, २९ असार २०८२ । झापाको भद्रपुरमा काम गर्ने क्रममा पर्खाल लडेर थिच्दा एक जना कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका-९ लक्कीबारी बस्ने अन्दाजी ३५ वर्षिय लक्ष्मण कामती रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आज दिउँसो ४ बजेको समयमा भद्रपुर नगरपालिका-६ राधाकृष्ण टोल स्थित सघन सहरी भवन निर्माण बिभागको नालाको काम गर्ने क्रममा ईन्द्र राउतको घरको कम्पाउण्डमा लगाएको पर्खाल लडेर यज्ञ निर्माण एण्ड सप्लायर्स प्रा.लि. ले नालाको काम गर्न खटाएको कामदार गम्भिर घाईते भई उपचारको लागी प्रादेशिक अस्पताल भद्रपुर पठाएकोमा साँझ ५ बजे उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । तत्काल शव सोही अस्पतालमा रहेको जनाइएको छ । घट्ना सम्बन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया