Online Bichar
शनिबार, माघ ११, २०८२ | Saturday, January 24, 2026

हेटौंडा, २९ असार २०८२ । मकवानपुरको विकट क्षेत्र कैलाश गाउँपालिकामा सञ्चालित बालगृहमा आश्रय लिइरहेकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रमुख अधिकृत पक्राउ परेका छन् ।

सांग्रिला डेभलपमेन्ट एसोसिएसनले कैलाश–३ मा सञ्चालन गरेको बालगृहमा विगत ४ वर्षदेखि बस्दै आएकी १७ वर्षीया बालिकामाथि पटक–पटक बलात्कार गरेको जाहेरीको आधारमा बालगृहका प्रमुख ४८ वर्षीय प्रमुख मधुसुदन राउतलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

राउतलाई गत शुक्रबार काठमाडौंबाट पक्राउ गरि मकवानपुर ल्याइएको उनले बताए । राउतलाई आज म्याद थपका लागि मकवानपुर जिल्ला अदालतमा लगिएको छ । किशोरीले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राउतविरुद्ध ८ असारमा जाहेरी दर्ता गरेकी थिइन् ।

डीएसपी अर्यालका अनुसार राउतले बालिकालाई जेठ १ गतेदेखि २८ गतेसम्म पटक–पटक बलात्कार गरेको जाहेरी परेको छ ।

 

पीडित बालिकाको बाबुको दुर्घटनामा मृत्यु भएको र आमा सम्पर्कविहीन भएपछि बालगृहमा आश्रय लिएर बस्दै आएकी थिइन् ।

तपाईको प्रतिक्रिया