Online Bichar
आइतबार, माघ १२, २०८२ | Sunday, January 25, 2026

विराटनगर, २५ असार २०८२ । जिल्ला कारागार मोरङमा जबरजस्ती करणी मुद्दाका एक जना बन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका–५ का ४० वर्षीय सन्तोष पाल रहेका छन् ।

जबरजस्ती करणी मुद्दामा उनी ११ मंसिर २०८१ सालदेखि कारागारमा छन् । उनको मुद्दा मोरङ अदालतमा विचाराधीन छ ।

शरीर सुन्निने र श्वासप्रश्वासमा समस्या भएपछि पाललाई उपचारका लागि १२ असारमा अस्पताल भर्ना गरिएको थियो ।

उपचारका क्रममा उनको बुधबार दिउँसो मृत्यु भएको मोरङ कारागारका जेलर गौरव ढुंगेलले जानकारी दिए ।

संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन विशेष समितिको बैठकले समितिको कार्यविधिलाई अन्तिम रुप दिएको छ ।

बुधबार सिंहदरबारमा बसेको बैठकले समितिको कार्यविधिलाई अन्तिम रुप दिएको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै समितिका संयोजक जीवन परियारले कार्यविधिका बारेमा मंगलबारबाट काम सुरु गरेको र आजको बैठकले अन्तिम रूप दिएको जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया