Online Bichar
बुधबार, माघ ०८, २०८२ | Wednesday, January 21, 2026

झापा, २१ असार २०८२ । झापामा सिटी सफारी र अटोको लापरवाहीले सवारी दुर्घटना बढ्ने क्रममा ३ जनाको मृत्यु भएको छ । सिटी सफारी र अटोले ट्राफिक नियमविपरित जथाभावी चलाउने गर्दा दुर्घटना भई झापामा एकैदिन ३ जनाको ज्यान गएको हो ।

आज बिहान अन्दाजी ९ः३० बजे मेचीनगर वडा न।१० ढाटचोकस्थित भित्री सडकखण्डमा महामति फर्निचर उद्योगबाट नागाडुव्वातर्फ जाँदै गरेको प्र.१ –०१–००२ ह ७१०५ नम्बरको सिटी सफारी आफै अनियन्त्रित भई पल्टिएको थियो । दुर्घटनामा सिटी चालक मेचीनगर –११ बस्ने ३२ वर्षीय राज कडरिया घाइते भई बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेकोमा उपचारको क्रममा १०ः५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो सिटीमा कडरयिाबाहेक अरु सवार थिएनन् ।

त्यस्तै सिटी सफारी दुर्घटनाका घाइते अर्का एक व्यक्तिको मृत्यु भएको छ । असार १५ गते मेचीनगरमा भएको सिटी सफारी दुर्घटनामा घाइते यात्रुको उपचारका क्रममा मृत्यु भएको हो । असार १५ गते बिहान १०ः३० बजे मेचीनगर –७ पालिया टोलस्थित भित्री सडकखण्डमा पूर्वपश्चिम राजमार्गबाट बसपार्कतर्फ जाँदै गरेको मे१ह ६१०५ नम्बरको सिटी आफै अनियन्त्रित भई रोडमा पल्टिएको थियो । सिटीमा सवार मेचीनगर-७ नयाँ बसपार्क बस्ने ४० वर्षीय सुदिप राजवंशी घाइते भएका थिए ।

घाइतेलाई बीएण्डसी अस्पताल बिर्तामोडमा सामान्य उपचारपश्चात् थप उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर लगिएको थियो । उनको उपचारको क्रममा आज बिहान ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनामा संलग्न सिटी र सिटी चालक मेचीनगर नगरपालिका वडा नं। ७ बस्ने ४५ वर्षीय नबिन बिश्वकर्मालाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

यस्तैगरी, आज साँझ अन्दाजी ५:१० बजेको समयमा मेचिनगर नगरपालिका-१२ माथील्लो धाईजन स्थित मेचि हाईवेमा चारआलीबाट बुधबारे तर्फ जादै गरेको प्र-१-०१-००२ ह. ५५७१ न. को अटो र बिपरीत दिशाबाट आउदै गरेको मे. ८ प. ८०३ न. को मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घट्ना हुँदा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका-११ बस्ने ३४ वर्षिय भिम बहादुर सार्कि घाईते भई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा चिकित्सकले ५:५० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ । अटोमा सवार बुद्वशान्ति गाउँपालिका-३ बस्ने ४९ वर्षिया निर्मला बिक र छोरी १७ वर्षिया दिपा बिक दुबै जनाको बाहिरी चोट नदेखिएको, शरिरको बिभिन्न भागमा भित्री चोट लागि घाईते भई बिएण्डके पोलिकिल्निक चारआलीमा उपचाररत रहेको जनाइएको छ । अटो चालक बुद्वशान्ति गाउँपालिका-१ बस्ने ४० वर्षिय युवराज घिमिरे, अटो र मोटरसाइकल प्रहरी चौकी चारआलि झापाको नियन्त्रणमा रहेको छ । सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको झापा प्रहरीले जनाएको छ ।

 

 

 

 

 

तपाईको प्रतिक्रिया