Online Bichar
शुक्रबार, आश्विन २३, २०८३ | Friday, October 9, 2026

सुनसरी, १२ असार २०८२ । सुनसरीको इटहरी उपमहानगरपालिका-७ मा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिका-६ घर भई हाल सोही स्थानमा कोठा भाडा लिएर बस्दै आएका ३५ वर्षीय देवान राई रहेका छन् ।

बुधवार राती ९ बजे कोठाबाट करिब ५० मिटर टाढा रहेको खेतमा बिजुलीको तार जडान गरी माछा मार्ने क्रममा अचानक करेन्ट लागेर उनी घाइते भएका थिए । उनको विराट टिचिङ अस्पताल विराटनगरमा पुर्‍याउन साथ मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया