Online Bichar
मंगलबार, पौष ०१, २०८२ | Tuesday, December 16, 2025

झापा, ५ असार २०८२ । झापामा जंगली हात्तीको आक्रमणबाट एक व्यक्ति घाइते भएका छन् । हिजो (बुधबार) साँझ अन्दाजी ७ः४५ बजे भद्रपुर वडा न। १० फुलबारी गाउँ बस्ने २१ वर्षीय बिशाल सोरेन काम गरेर घर फर्कने क्रममा एउटा जंगली हात्तीले आक्रमण गरेको हो ।

उनको कम्मर, टाउको र बायाँ खुट्टामा चोट लागेको छ । घाइते सोरेनलाई प्रादेशिक अस्पताल भद्रपुरमा ल्याई उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया