Online Bichar
शनिबार, माघ ११, २०८२ | Saturday, January 24, 2026

झापा, २८ जेठ २०८२ । झापाको अर्जुनधारामा आज(बुधबार) एक मानिस मृत अवस्थामा फेला परेका छन् । अर्जुनधारा नगरपालिका-४ मदनपुर जलाधर भित्री कच्ची सडकमा तत्काल नामथर वतन नखुलेको तराईवासी मुलको जस्तो देखिने निलो कमिज खैरो हाफ पाइन्ट लगाएको अन्दाजी ५० वर्षिय मानिस घोप्टे परी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृतकको सनाखत तथा पहिचान गर्ने कार्य भईरहेको प्रहरीले जनाएको छ । थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागी इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरि टोलि खटिएको प्रहरीले जनाएको छ ।

यस्तै, हिँजो (मंगलबार) दिउँसो ४ बजे अर्जुनधारा –११ नयाँ बस्तीस्थित चिया बगानभित्र कच्ची बाटोमा सोही ठाउँ बस्ने ६० वर्षीय मित्रलाल कामी मृत फेला परेका छन् । उत्तानो परि लडिरहेको मृत अवस्थामा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । खासै बिरामी नभएका कामी अचानक ढलेको बताइएको छ ।

यस्तैगरी, बिर्तामोड नगरपालिका –२ फूलबारी टोलस्थित पासाङ शेर्पाको मकैवारिमा बिर्तामोड २ आदर्श टोल बस्ने वर्ष ३६ वर्षीय राम टुडु मृत फेला परेका छन् । उनी घोप्टो परी मृत अवस्थामा फेला परेका थिए । बाहिरी कुनै पनि चोटपटक नदेखिएको प्रहरीले जनाएको छ । दुवै शवलाई कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

 

तपाईको प्रतिक्रिया