Online Bichar
बुधबार, माघ ०८, २०८२ | Wednesday, January 21, 2026

काठमाडौं, २७ जेठ २०८२ । अस्ट्रियाको ग्राज सहरको एक हाई स्कुलमा मंगलबार बिहान गोलीबारी हुँदा ११ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । तीमध्ये चारजनाको अवस्था अत्यन्तै गम्भीर छ। केहीको टाउकोमा गोली पनि लागेको छ ।

प्रहरीले उक्त क्षेत्रमा ठूलो अभियान सुरु गरेको छ र मानिसहरूलाई टाढा रहन भनिएको छ । अस्ट्रियाली मिडिया रिपोर्टका अनुसार बिहान १० बजेतिर बोर्ग ड्रेयर्सचुत्जेंगासे हाई स्कुलभित्र गोली चलेको आवाज सुनिएको थियो ।

त्यसको लगत्तै प्रहरी घटनास्थलमा पुग्यो । रिपोर्टका अनुसार, संदिग्ध आक्रमणकारी सम्भवतः सोही स्कुलका विद्यार्थी थिए ।

अन्यमाथि गोली हानेपछि उनले आफैँलाई गोली हानी आत्महत्या गरेका थिए । उनको शव स्कुलको बाथरुममा भेटिएको रिपोर्ट छ ।

तपाईको प्रतिक्रिया