Online Bichar
बुधबार, माघ ०८, २०८२ | Wednesday, January 21, 2026

झापा, २४ जेठ २०८२ । मंगोल नेशनल अर्गनाइजेशनका गायक पृथी मुखियाको लडेर मृत्यु भएको छ । शुक्रबार दिउँसो २ बजे इलाम सूर्योदय नगरपालिका-९ पाण्डम बस्ने ५६ वर्षीय मुखिया पाण्डमबाट झिलतर्फ जाने क्रममा अचानक बाटोबाट लडेर अन्दाजी २० मिटर तल खसेका थिए । घाइते मुखियालाई स्थानीयले फेला पारी उपचारको लागि फिक्कल अस्पताल लगेका थिए ।

त्यहाँ सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याएकोमा उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु भएको हो । छारे रोगका बिरामी भएका मुखियाले मादक पदार्थ सेवन गरेको इलाम प्रहरीले जनाएको छ । मृतकको शव फिक्कल अस्पतालमा राखिएको छ ।

 

तपाईको प्रतिक्रिया