Online Bichar
सोमबार, कार्तिक १०, २०८३ | Monday, October 26, 2026

अछाम, १९ जेठ २०८२ । अछाममा जंगली च्याउ खाँदा तीनजना बिरामी परेका छन् । रामारोशन गाउँपालिका–७ सुतार निवासी तारा भण्डारीका दुई वर्षीय छोरा युवराज भण्डारी, चार वर्षीया छोरी रितिका भण्डारी र सोही ठाउँका चेतमान भण्डारीका चार वर्षीय छोरा जीवन भण्डारी बिरामी परेका प्रहरीले जनाएको छ ।

आफ्नो घरनजिकै रहेको जंगलमा खेल्ने क्रममा सोमबार विषालु च्याउ खाएपछि उनीहरू बिरामी परेका हुन् ।

जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले तीनैजनाको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचार भइरहेको बताए । रासस

 

तपाईको प्रतिक्रिया