Online Bichar
आइतबार, माघ १२, २०८२ | Sunday, January 25, 2026

काठमाडौं, ११ जेठ २०८२ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ८.५७ अंकले घटेर २६७९.९८ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स १.४६ अंकले घटेर ४५६.४६ विन्दुमा पुगेको हो।

यसदिन ३१४ स्क्रिप्सको १ करोड ८५ लाख ५ हजार ७७१ कित्ता सेयर ७ अर्ब ६० करोड ९५ लाख ४२ हजार २१२ रुपैयाँमा खरिदबिक्री भए। एकल अंकले घटेको सेयर बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। ओम मेघाश्री फर्माक्युटिकल्सको सेयर १० प्रतिशतले बढ्यो। सिन्धु विकास बैंकको सेयर सर्वाधिक ८.२८ प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा राधी विद्युत शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ७१ करोड ४९ लाख मूल्य बराबरको सेयर कारोबार भयो। युनिभर्सल पावरले ३० करोडको सेयर कारोबार गर्दा नगदी ग्रुपको २९ करोड,युनाइटेड मोदी हाइड्रोपावरको २८ करोड,हिमालयन पावरको २१ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये ९९ स्टक्सको मूल्य बढ्दा १४८ वटाको घट्यो। १ स्टकको मूल्य भने स्थिर रह्यो। दुई समूहको उपसूचकबाहेक अन्यको उपसूचक नकारात्मक देखिएका छन्। माइक्रो फाइनान्सको सेयर सर्वाधिक २.३२ प्रतिशतले बढ्यो।

 

तपाईको प्रतिक्रिया