Online Bichar
आइतबार, आषाढ २१, २०८३ | Sunday, July 5, 2026

काठमाडौं, ७ जेठ २०८२ । अब नेपाली भाषामै वेबसाइटको डोमेन लिन पाइने भएको छ । सूचना प्रविधि विभागका निर्देशक रमेश शर्मा पौडेलले कम्प्युटर एसोसिएसन नेपाल महासंघ ९क्यान महासंघ०को पहलपछि अब नेपाली भाषामै डोमेन लिन पाइने भएको बताए ।

उनले भने, ‘क्यान महासंघ र अन्तर्राष्ट्रिय संस्था आईक्यानको सहकार्यमा युनिभर्सल एक्सेप्टेन्स (यूए) डेको अवसरमा आधिकारिक रुपमा नेपाली डोमेन दर्ता भएको छ । यसले अब नेपली भाषामा डोमेन लिने पाउने बाटो खुलेको छ।’

उनले अंग्रेजी भाषामा दक्ष नभएका नेपालीहरूलाई डिजिटल सेवामा जोड्न मद्दत गर्ने बताए । ‘करिब प्रतिशत नेपालीहरू अझै इन्टरनेट पहुँचबाट टाढै छन् । नेपाली भाषामा डोमेन तथा इमेल ठेगाना उपलब्ध गराउनाले उनीहरूलाई डिजिटल सेवामा जोड्न मद्दत गर्छ,’ उनले भने ।

उनले नेपाली भाषामै डोमेन लिन पाउनेगरी विभागले आवश्यक कार्यविधि बनाउने तयारी भइरहेको बताए । ‘हामीले नेपाली भाषामा डोमेन लिन आवश्यक निर्देशिका र कार्यविधिको ड्राफ्ट बनाइसकेका छौं । यसमा थप सुझावहरू लिइरहेका छौं,’ निर्देशक पौडेलले भने ।

उनका अनुसार अहिले मर्कन्टाइलले डोमेन दर्ताको काम गरिरहेको भए पनि अब नेपाली भाषामा पाउने डोमेनको लेखाजोखा विभागले कार्यविधि बनाएर चाँडै कार्यान्वयनमा ल्याइनेछ । ‘अहिले नेपालमा मर्कन्टाइल प्रालिले डोमेन दर्ताको काम गरिरहेको छ। तर, अब कार्यविधि बनाएरै नै डोमेन दर्ताको काम अगाडि बढाउँछौं।’ उनले भने ।

अब सरकारी र सार्वजनिक सेवामा नेपाली भाषाको प्रयोगलाई सहज बनाउने अपेक्षा गरिएको उनले भनाइ छ । ‘यो प्रविधि अन्तर्गत नेपाली भाषामै वेबसाइटको यूआरएल (ठेगाना) लेख्न सकिनेछ भने यसअन्तर्गत सरकारी वेबसाइटदेखि ईमेल सेवा समेतमा भाषा सहजता ल्याउन मद्दत गर्नेछ ।’ उनले भने ।

यता, नेपाली भाषामा डोमेन प्रयोग गरिएको पहिलो वेबसाइट ‘क्यान.संगठन‘ सार्वजनिक भएसँगै इन्टरनेट पहुँचमा समावेशिता र नेपाली भाषाको प्रवर्द्धनमा ऐतिहासिक पाइला चालेको क्यान महासंघका कार्यबाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले बताए ।

उनले भने, ‘क्यान महासंघ र र अन्तर्राष्ट्रिय संस्था आईक्यानको सहकार्यमा युनिभर्सल एक्सेप्टेन्स (यूए) ह्याकाथन नेपाल २०२५ नेपाली भाषामा डोमेन प्रयोग गरिएको पहिलो वेबसाइट ‘क्यान।संगठन’ सार्वजनिक गर्‍यौं। यो इन्टरनेट पहुँचमा विश्वभर समावेशिता र नेपाली भाषाको प्रवर्द्धनमा ऐतिहासिक पाइला हो।’

उनले अब भाषा संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा टेवा पुग्ने र विश्वव्यापी रुपमा पहिचान स्थापनामा मद्दत पुग्‍ने दाबी गरे ।’ नेपाली भाषालाई विश्वले अब इन्टरनेटको माध्यमबाट चिन्ने सक्‍ने भए भने बुझाइमा थप सहजता हुने भयो।’ उनले भने ।

युनिभर्सल एक्सेप्टेन्सको अवधारणा अनुसार कुनै पनि प्रणालीले स्थानीय भाषामा लेखिएको डोमेन र ईमेल ठेगाना स्वीकार गर्नुपर्ने हुन्छ । यस्तो प्रणालीलाई ‘UA-ready’ भनिन्छ । यसले स्थानीय भाषाभाषीहरूलाई इन्टरनेट सेवामा जोड्न मद्दत गर्नेछ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले नेपाली डोमेनको प्रयोगले भाषा, पहिचान र पहुँचको संरक्षण हुने उल्लेख गर्दै यो कदमले डिजिटल नेपाल निर्माणमा समेत योगदान दिने विश्वास व्यक्त गरिन् ।

उनले भनिन्, ‘ डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन, एआई नीति अन्तिम चरणमा पुगेको छ । नेपाली भाषामा डोमेन पाउने मान्यताले हामीलाई थप उचाइमा लैजानेछ।’ साथै उनले साइबर सुरक्षा विधेयक संसदमा दर्ता हुने क्रममा रहेको जानकारी दिइन् ।

यस्तै युनेस्को नेपालका प्रमुख जाको डु तोइतले युनिभर्सल एक्सेप्टेन्स युनेस्कोको बहुभाषिता सम्बन्धी सिफारिससँग मेल खाने र यसलाई नेपालमा लागू गर्न संस्था तयार रहेको बताए ।

क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले यसलाई नेपाली भाषाको कम्प्युटिङ यात्रामा अर्को महत्त्वपूर्ण कदमको रूपमा व्याख्या गर्दै अघिल्लो दशकमा गरिएका कामहरू जस्तै नेपाली भाषा स्ट्यान्डर्ड विकास र स्पेल चेकर निर्माणको स्मरण गरिन् ।

नेपाल इन्टरनेट एक्सचेन्जका सीईओ रुपेश श्रेष्ठले स्थानीय भाषा र सर्भरमार्फत डोमेन सञ्चालन गर्दा स्क्याम नियन्त्रण र प्रमाणिकता बढ्ने दाबी गरे । उनले भने, ‘ अब एनपी  (.np) डोमेनलाई नेपालीमै ल्याउने र रजिस्ट्रीररजिस्ट्रार मोडमा लैजानुपर्छ।’

‘क्यान.संगठन’ बन्यो पहिलो नेपाली भाषामा डोमेन प्रयोग गरिएको वेबसाइट

नेपाली भाषामा डोमेन प्रयोग गरिएको पहिलो वेबसाइट ‘क्यान।संगठन’ सार्वजनिक गरिउको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले ‘युनिभर्सल एक्सेप्टेन्स’ (यूए) कार्यक्रम अन्तर्गत शनिबार सो वेबसाइट सार्वजनिक गरेको हो ।

क्यान महासंघका कार्यबाहक अध्यक्ष चिरञ्जीवी अधिकारीका अनुसार ‘क्यान डट संगठन’ डोमेनको वेबसाइट देवनागरी लिपिमा ‘क्यान।संगठन’ को रूपमा ल्याउन करिब एकवर्षदेखिको पहल हो । उनले भने, ‘ हामीले विगत एक वर्षदेखि नै आइक्यानसँग नेपाली भाषामा डोमेन राख्‍ने पाउने गरी पहल गरिरहेका थियौं, जसले युनिभर्सल एक्सेप्टेन्स (यूए) को अवधारणा अहिले समेटिएको छ।’

उनका अनुसार स्थानीय भाषामा डोमेन र ईमेल लेख्न मिल्ने र त्यस्ता यूआरएल तथा ईमेललाई प्रणालीले स्वीकार गर्ने तयारीलाई सहयोग गर्ने उद्देश्य हो ।

उनले भने, ‘हाम्रो अभियानको मुख्‍य उद्देश्य नै हाल रहेका वेबसाइटहरू अंग्रेजीमा प्रयोग भइरहेका छन्, त्यसलाई अब नेपालीमा पनि डोमेन उपलब्ध गराउनु थियो र हो। देवनागरी लिपि भारतले प्रयोग गरिसकेको हुनाले हामीलाई यो लिपी प्रयोग गर्न सहज छ। यसकै पहल स्वरूप हामीले ‘क्यान.संगठन’ दर्ता गरी नेपालको पहिलो नेपाली वेबसाइट सुरु गरेका हौं।’

उनले नेपाली डोमेन आएपछि ईमेल पनि नेपालीमा आउने बनाउनेतर्फ पहल भइरहेको बताए। ‘हामीले इमेल पनि नेपालीमै स्वीकार गर्नेबारे छलफल आइक्यानसँग छलफल गरिरहेका छौं। तर यसबारेमा अहिले विभिन्न चुनौतीहरू हामी सामू छ। जस्तो स् मानकीकरण गरिएको किबोर्डको अभाव छ,डिजिटल साक्षरताको अभाव छ अनि डिजिटल साक्षरताको कमी छ।’

यता, यूए डे टीमको नेतृत्व गरिरहेका विवेक सिलवालले भने नेपालीमा ईमेल ठेगाना प्रयोग गर्दाका नियम र प्रक्रियाहरू युवाहरूलाई सिकाइरहेको बताउँछन् ।

उनी भन्छन्, ‘हामीले नेपालको पहिलो नेपाली डोमेन सुरु त गर्‍यौं। तर अब हाम्रो ध्यान अन्य प्लेटफर्महरू नेपाली भाषालाई सपोर्ट गर्छन की गर्दैनन्, गर्छन् भने कत्तिको तयार छन् भनेर मूल्याङ्कन गर्ने र युवाहरूलाई नेपालीमा ईमेल ठेगाना प्रयोग गर्दाका नियम र प्रक्रियाहरू सिकाउँदैछौं। हाम्रो मुख्य उद्देश्य यही भएकाले यूए ह्याकाथन नेपाल २०२५ आयोजना गरेका हौं।’

के हो यूए (UA) प्रणाली ?

यूए प्रणाली एक प्राविधिक आवश्यकता हो जसले सबै मान्य डोमेन नामहरू र इमेल ठेगानाहरू सबै इन्टरनेट(सक्षम अनुप्रयोगहरू, उपकरणहरू र प्रणालीहरू द्वारा प्रयोग गर्न सकिन्छ भनेर सुनिश्चित गर्दछ। अहिले डीएनएस (DNS)परिवर्तन भएको छ, धेरै सफ्टवेयर अनुप्रयोगहरूले डोमेन नामहरू र इमेल ठेगानाहरू प्रमाणित गर्न प्रयोग गर्ने जाँचहरू पुरानै छन्।

धेरै प्रणालीहरूले नयाँ डोमेन नामहरू पहिचान गर्न सक्‍दैनन् ।तर, यी डोमेन नामहरूमा नयाँ जेनेरिक डोमेनहरू हुन् (जस्तै, .फोटोग्राफी), अन्तर्राष्ट्रियकृत डोमेन नामहरू (जस्तै, एमईआईटीवाई.सरकार.भारत र, 红螺寺।网址, صحة.मसर, стопкоронавирус।рф० र देश कोड शीर्ष(स्तर डोमेनहरू-जस्तै,  (जस्तै, .ไทย) समावेश छन्। अन्‍य थप रूपमा, सबै अनलाइन पोर्टलहरू सम्बन्धित इमेल ठेगानाको साथ प्रयोगकर्ता खाता खोल्नको लागि उपलब्ध गरिएका छैनन्। हालै क्याम महासंघले पल गरेर नेपाली भाषामा डोमेन प्रयोग गरिएको पहिलो वेबसाइट ‘क्यान।संगठन’ बनाएर नेपाली भाषालाई विश्वव्यापी रुपमा पहिचान दिएको छ ।अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया