झापा, २० असोज २०८३ । इलाममा १५०४ केजी गाँजा आगो लगाएर नष्ट पारिएको छ । गत असोज ६ गते साँझ ६ः३५ बजे इलाम नगरपालिका ९ भञ्ज्याङबाट प्रहरीले गाँजासहित ट्रक नियन्त्रणमा लिएको थियो । ट्रकमा ४१ बोरा अर्थात १५०४ के.जी. ६१० ग्राम गाँजा रहेको थियो ।
सो गाँजा आज दिउँसो १२ः१० बजे इलाम नगरपालिका–८, माईबेनीमा जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक मौसम उदासको कमाण्डमा खटिएको १५ जनाको प्रहरी टोली तथा सम्बन्धित वडा प्रतिनिधि र सरकारी निकायका प्रतिनिधिहरूको रोहबरमा नष्ट पारिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।






