चितवन, २ जेठ २०८२ । एकजना पुरूषले आफ्नै छोरी र भतिजको हत्या गरेका छन् । चितवनको भरतपुर महानगरपालिका( २५ शुक्रनगरस्थित किसान चोकका ४२ वर्षीय लिलाराज गिरिले आफ्नी छोरी सात वर्षीया प्रभा र दाजुको छोरा ५ वर्षीय साजन गिरिको हत्या गरेका हुन् ।
शुक्रबार बिहान १० बजे खुर्पाले प्रहार गरेका थिए। गम्भीर घाइते भएका साजन र प्रभाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार गर्ने क्रममा मृत्यु भएको हो । घटनापछि लिलाराजले आफ्नै घाँटी रेटेका थिए । गम्भीर अवस्थाका उनको उपचार भइरहेको छ।
प्रहरीका अनुसार लिलाराजले घटनाको कारण खुलेको छैन । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्याल चितवनले जानकारी दिएको छ । हतियार प्रहारबाट गम्भीर घाइते भएका साजन र प्रभाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार गर्ने क्रममा आज बिहान मृत्यु भएको हो । प्रहरीका अनुसार लिलाराज मानसिक रोगी थिए।






