Online Bichar
शुक्रबार, जेठ ०३, २०८२ | Friday, May 16, 2025

काठमाडौं, १९ वैशाख २०८२ । अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने भएको छ । सरकारले संसद्‌मा दर्ता गराएको चलचित्र विधेयकले टेलिभिजनहरुमा प्रशारण हुने टेलिचलचित्रको समेत जाँच गर्नुपर्ने व्यवस्था गरेको छ । यस्तो शर्त तथा मापदण्ड सरकारी जाँच समितिले तोक्नेछ ।

टेलिभिजनले टेलिचलचित्र जाँच गरेको विवरण सरकारी जाँच समितिलाई दिनुपर्ने प्रावधान गरिएको छ । यसअघि निजी टेलिभिजनले टेलिचलचित्रहरु आफु खुसी प्रसारण गर्दै आएका थिए ।

त्यसरी प्रसारण हुने गरेका टेलिचलचित्रहरु कतिपयमा सामाजका लागि अपाच्य संवाद तथा दृश्य समेटिएको भन्दै सर्वसाधारणले गुनासो गरेपछि सरकारले यस्तो व्यवस्था गर्न लागेको हो ।

टेलिचलचित्र एकै पटक लाखौँ दर्शकले हेर्ने भएकोले यसका लागि जाँचको व्यवस्था हुनुपर्ने माग हुँदै आएको थियो ।

सरकारी टेलिभिजन नेपाल टेलिभिजनमा टेलिचलचित्र जाँचपास गरेपछि मात्र प्रसारण हुने व्यवस्था पहिले देखि नै छ । ‘चलचित्र ऐन २०८१’ लागु भएपछि अब निजी टेलिभिजनले पनि टेलिचलचित्र जाँस पास गरेर मात्र प्रसारण गर्नुपर्नेछ ।

 

तपाईको प्रतिक्रिया