Online Bichar
बिहिबार, जेठ ०२, २०८२ | Thursday, May 15, 2025

काठमाडौं, १० वैशाख २०८२ । तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ परेका राप्रपा नेता रवीन्द्र मिश्र, सोही प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं लगायतलाई ३ दिनको म्याद थप भएको छ ।

काठमाडौं जिल्ला अदालतले उनीहरूलाई तीन दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । उनीहरूविरुद्ध पहिलो पटक २९ चैतमा काठमाडौं जिल्ला अदालतबाट १२ दिनको म्याद थप भएको थियो ।

तीनकुने घटनामा नै पक्राउ परेका रवीन्द्र मिश्रलगायत २० जनाविरुद्ध २६ चैतमा १५ दिनको म्याद थप भएको थियो ।

उनीहरूसँगै म्याद मिलान गर्न प्रसाईंलाई १२ दिन म्याद थप भएको थियो ।

 

तपाईको प्रतिक्रिया