जेबि खड्का
गौरादह, ५ वैशाख २०८२ । गौरादह नगरपालिका वडा नं.७ महाराजथान शिवालय मन्दिरमा श्री श्री १०८ अखण्ड हरिकृतन अष्टजाम लगाइएको छ। अष्टजाम आयोजक समिति गौरादह-७ को आयोजनामा संचालन गरिएको अष्टजाम ६० घण्टामा सम्म निरन्तर संचालन गरिने आयोजक समितिका संयोजक धन प्रसाद राजवंशीले जानकारी गराएका छन।
बैशाख ४ गते साँझमा सुरु गरिएको अष्टजाम आइतबार सम्पन्न हुने संयोजक राजवंशीले बताएका छन। अष्टजाम संचालन गरिएको स्थानमा शिवालय मन्दिर रहेकाले अष्जाम लगाइएको पनि संयोजक राजवंशीले बताएका छन। अष्टजाम महायज्ञमा मन्दिरको वरिपरि शिव पार्वती, सरस्वती, गणेश , हनुमान, दुर्गा भवानी, सरस्वती, लक्ष्मी लगायतका मुर्ति राखेर सजाइएको छ। अष्टजाममा मुल मन्त्र जप्न स्थानीयका साथै झापा भित्रका १५ टोली सहभागी भएको सदस्य बृषलाल ताजपुरियाले बताएका छन।
टोलीले निरन्तर ‘हर शिव हर शिव शिव शिव हरे हरे, हर भोला हर भोला भोला हरे हरे ‘मुल मन्त्र जपि रहेकाछन। पहिले देखि मानि आएको सांस्कृतिक जोगाउन,गाउँ समाजमा रोग ब्याधा हटाउन र शान्ति कायम गर्न अष्टजाम संचालन गरिएको आयोजक समितिका सदस्य असोक राजवंशीले बताएका छन। अष्टजाममा संकलित रकमलाई खर्च कटाएर बचेको रकमलाई शिवालय मन्दिर ब्यबस्थापनमा लगाइने समितिले जनाएको छ।