Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

धरान, ३ माघ । सुनसरीको दुहबीमा एक युवाको शव फेला परेको छ । मोटरसाइकल सहित गढी गाँउपालिका ५ का अन्दाजी ३५ वर्षिय लक्ष्मण खाँको शव दुहबी नगरपालिका १० सिमारियाको सुनसरी–मोरङ सिचाई नहरमा फेला परेको छ ।

को ३३ प २१९४ नम्बरको बाईक सहित पानी डुबेको अबस्थामा प्रहरीले बिहान शव भेटेको थियो । इलाका प्रहरी कार्यालय दुहबीले भेटिएको शव मापसे सेवन गरी अनियन्त्रित भई नहरमा खसेको हुन सक्ने अनुमान गरेको छ ।

शवलाई पानीबाट निकालेर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया