जेबि खड्का
गौरादह, २७ चैत २०८१ । गौरादह नगरपालिका वडा नं.८ भुडेसिमलको भार्गेस्वर महादेव शिवालय मन्दिरमा श्री श्री १०८ रुद्रजोग महायज्ञ लगाइएको छ। रुद्रजोग आयोजक समिति गौरादह-८ को आयोजनामा संचालन गरिएको रुद्रजोग माहायज्ञ ४८ घण्टामा सम्पन्न हुने आयोजक समितिका अध्यक्ष कचालु ताजपुरियाले जानकारी गराएका छन।
चैत २५ गते साँझ ८:२५ मा सुरु गरिएको रुद्रजोग माहायज्ञ बुधबार साँझ ८: २५ मा सम्पन्न हुने अध्यक्ष ताजपुरियाले बताएका छन। स्थानीय रेखा कुमारी ताजपुरियाले मन्दिर स्थापनाका लागि १ कठ्ठा जग्गा निशुल्क दिएपछि २०७८ सालमा शिवालय मन्दिर स्थापना गरिएको आयोजक समितिका सचिव नारायण सिंह ताजपुरियाले जानकारी गराएका छन। रु
द्रजोग महायज्ञमा मन्दिरको वरिपरि शिव पार्वती, सरस्वती, गणेश , हनुमान, राम लक्ष्मण,सीता, दुर्गा भवानी, परी, ग्रामथान लगायतका मुर्ति राखेर सजाइएको छ। रुद्रजोगमा मुल मन्त्र जप्न झापा मोरङका १२ टोली सहभागी भएको सह सचिब प्रमोद ताजपुरियाले बताएका छन। टोलीले निरन्तर ‘हर शिव हर शिव शिव शिव हरे हरे, हर भोला हर भोला भोला हरे हरे’ मुल मन्त्र जपि रहेकाछन। पहिले देखि मानि आएको सांस्कृतिक जोगाउन,गाउँ समाजमा रोग ब्याधा हटाउन र शान्ति कायम गर्न रुद्रजोग संचालन गरिएको आयोजक समितिका जगदिश सिंह ताजपुरियाले बताएका छन।