Online Bichar
बिहिबार, भाद्र ०४, २०८३ | Thursday, August 20, 2026

काठमाडौं, ९ चैत २०८१ । अपराधमा संलग्न एक नेपालीलाई अष्ट्रेलियाले निष्कासन गरेको छ। घरेलु हिंसामा संलग्न ती नेपालीलाई अष्ट्रेलियाको अध्यागमनले निष्कासन गरेको हो।

निष्कासनमा पर्नेमा थापा थरीका एक जना रहेका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार थापालाई गत साता नेपाल फर्काइएको हो। उनलाई थाइ एयरको जहाजबाट काठमाडौं नेपाल फर्काइएको हो।

‘घरेलु हिंसामा मुछिएका थापालाई त्यहाँको प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो। आवश्यक अनुसन्धानपछि अष्ट्रेलियाको नेपाली दूतावाससँग आवश्यक कागजात (ट्राभल डकुमेन्ट) को बन्दोबस्ती गरी डीपोर्ट गरिको जानकारी पाएका छौं,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले अन्नपूर्णसँग भने।

अष्ट्रेलियामा घरेलु तथा व्यक्तिगत हिंसालाई ठूलो अपराधको रूपमा लिने गरिन्छ। थापाले कस्तो खालको घरेलु हिंसा गरेको भन्ने विषयमा भने नखुलेको ती अधिकारीको भनाइ छ।

 

तपाईको प्रतिक्रिया